काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राखी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।


ADVERTISEMENT


संसद सचिवायलकी एक कर्मचारी माथि यौन दुव्यबहार भएको आरोपमा प्रहरी हिरासतमा रहेका महरालाई प्रहरीले अनुसन्धान नसकिएको भन्दै पुनः म्याद थपको माग गरेको थियो ।


ADVERTISEMENT

# # #


काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनलाई थप थुनामा राख्न आदेश दिएको हो । प्रहरीले महरा गत असोज २० गते पक्राउ गरेको थियो ।

जिल्ला अदालतले पहिलो पटक १३ दिन र दोस्रो पटक पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकोमा यस पटक सात दिनको म्याद दिएको हो