काठमाडौँ – प्राइम कमर्सियल बैंक लिमिटेडले टोखा नगरपालिकामा दुईवटा शाखा विस्तार गरेको छ । बैँकले शुक्रबार टोखामा दुईवटा नयाँ शाखाबाट कारोबार शुभारम्भ गरेको हो ।


ADVERTISEMENT


समारोहकाबीच बैंकका संचालक नरेन्द्र बज्राचार्यले ग्राण्डी शाखा र संचालक मनोज पौडेलले बानियांटार शाखाको उद्घाटन गरेका हुन् । यससंगै बैँकको शाखा कार्यालय संख्या ९९ पुगेको छ ।


ADVERTISEMENT

# # #


यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता जनाएको छ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने छ ।