ललितपुर – यमपञ्चकको दोस्रो दिन आज घरघरमा कुकुरको पूजा गरी मनाइँदैछ । घरघरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।


ADVERTISEMENT


कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिइ यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको हो ।


ADVERTISEMENT

# # #


इमान्दार तथा बफादार जन्तुका रुपमा परापूर्व कालदेखि परिचित कुकुरलाई बर्षमा एक पटक आजका दिन घरको रक्षक र यमदूतका रुपमा पुजा गर्ने चलन छ । कुकुरलाई आज्ञाकारी , गुनिलो र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।

सत्ययुगमा धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको कुकुरको, मानव सभ्यतासंग घनिष्ठ सम्बन्ध रहेको धार्मिक विश्वास छ । कुकुरलाई भैरवको बहानका रुपमा पनि पुजिन्छ । आजको दिनलाई नरक चतुदर्शी पनि भनिन्छ । पाप नाश गर्न तथा नरकलाई खुशी पार्न भन्दै आजैका दिन नर्के नुहाउने र दीपदान गर्ने चलन छ ।