काठमाडौं । राष्ट्रिय जनता पार्टी(राजपा)को महाधिवेशन फेरि पनि सर्ने भएको छ।


ADVERTISEMENT


तल्लो तहका कमिटीको अधिवेशनमा भएको ढिलाइ र महाधिवेशनका लागि तयारी नपुगेकाले तोकिएको समयमा महाधिवेशन हुने सम्भावना टर्दै गएको राजपाका महासचिव केशव झाले बताए।


ADVERTISEMENT

# # #


यसअघि वैशाखमा हुने भनिएको महाधिवशेन कात्तिक २८,२९ र ३० गतेका लागि तय भएको थियो। महाधिवशेन हुन नसके पनि राजपाको वडा,पालिका,क्षेत्रीय र जिल्ला अधिवेशनहरू भने हुने भएका छन्।

२४ गते वडा सम्मेलन,२७ गते पालिका सम्मेलन,२८ गते क्षेत्रीय सम्मेलन र ३० गते जिल्ला सम्मेलन गर्ने गरी मिति तोकिएको महासचिव झाले बताए।

०७४ सालमा ६ वटा मधेश केन्द्रित दलहरूबीच एकता भएर बनेको राजपाको महाधिवशेन अहिलेसम्म भएको छैन।

पार्टीमा ६ जनाको अध्यक्ष मण्डल रहेको छ। ६ जनाले आलोपालो गरी अध्यक्ष मण्डलको नेतृत्व गरिरहेका छन्।

अहिले अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुर रहेका छन्। अब हुने महाधिवेशनबाट एकल नेतृत्वमा जाने राजपाले निर्णय गरिसकेको छ।