काठमाडौं – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाली यू–१९ टोलीलाई ३ सय ३५ रनको चुनौति दिएको छ । विशाल टम वेस्टली, विल रोड्स र माइल्स ह्यामन्ड अर्धशतक प्रहार गरेपछि एमसीसीले विशाल योगफल तयार पारेको हो ।


ADVERTISEMENT


आइतबार बिहान टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एमसीसीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३४ रन बनायो । एमसीसीका ओपनर विल रोड्सले सर्वाधिक ९३ रनको योगदान दिए । यस्तै टम वेस्टली र माइल्स ह्यामन्ड समान ६५ रनमा आउट भए ।


ADVERTISEMENT

# # #


यस्तै कप्तान जिमी एडम्सलाई २३ रनमा आउट हुँदा विल भान्डरसपार २४, एड योङ ४५ रनको योगदान दिए ।

नेपालका लागि नेपालका स्पिनर सागर ढकाल र शेर मल्लले समान २ विकेट लिए । त्यस्तै कुशल मल्ल र आकश चन्दको नाममा समान १ विकेट रह्यो ।

विश्वकै पुरानो मानिने लन्डनको क्रिकेट क्लब एमसिसीले विकासिल क्रिकेट देशको क्रिकेट विकासमा योगदान दिने उद्देश्यले भ्रमण अभियान सुरु गरेको छट । ‘लिगेसी टुर’ दिइएको उक्त अभियान एमसीसीले नेपालबाट सुरु गरेको हो ।

एमसीसीको टिमले नेपालमा १० दिन बिताउँनेछ । पहिले दिन नेपाल यू १९ क्रिकेट टिमसंग खेलेको उसले बाँकी एउटा एक दिवसीय, एउटा तीन् दिवसीय र दुई टी-२० खेल राष्ट्रिय टिमसंग खेल्ने कार्यक्रम रहेको छ ।