काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ‌(नेकपा)को सचिवालय बैठक सुरु भएको छ। प्रदेश प्रमुखहरुको नियुक्तिका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको बैठक चलिरहेको छ ।


ADVERTISEMENT


राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन्। आज बसेको सचिवालय बैठकले नयाँ प्रदेश प्रमुख नियुक्तिको विषयमा छलफल गर्ने एक सचिवालय सदस्यले जानकारी दिए।


ADVERTISEMENT

# # #


बालुवाटारमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सातै प्रदेश प्रमुख हटाउने निर्णय गरेको थियो। सरकारले आइतबार बेलुकी नै मन्त्रिपरिषद् बैठक डाकेर प्रदेश प्रमुख नियुक्तिको तयारी गरे पनि नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखका नाममा सहमति बन्न सकेको थिएन। सोमबार प्रदेश प्रमुख टु‌ंगो लगाउने भन्दै आइतबारको मन्त्रिपरिषद् बैठक स्थगित भएको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवाको पालामा नियुक्त भएका सातै प्रदेशका प्रमुखहरुलाई आइतबार राष्ट्रपतिले बर्खास्त गरेकी थिइन् । प्रदेश प्रमुखहरु नहुँदा संवैधानिक संकट आउने हुँदा सोमबारै नियुक्त गर्ने तयारी भइरहेको छ ।

नेकपाले मंसिर १४ गते हुने उपनिर्वाचनका उम्मेदवारको नाम टुंगो लगाइसकेको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उपनिर्वाचनका उम्मेदवारको नाम टुंगो लगाएको थियो।