काठमाडौँ  – नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।


ADVERTISEMENT


मगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा एक समारोहबीच सातवटै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् ।


ADVERTISEMENT

# # #


समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए ।

सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् । जसअनुसार प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदुरपश्चिममा शर्मिलाकुमारी पन्त नियुक्त भएका थिए ।