काठमाडौँ – एनआईसी एशिया बैंकले ‘युनियन पे इन्टरनेशनल’को सहकार्यमा ‘एनआइसी एशिया युनियन पे भर्चुअल कार्ड’को प्रयोगबाट भुक्तानी गर्ने गरी भुक्तानी प्रणालीको शुरुवात गरेको छ ।


ADVERTISEMENT


एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र ‘युनियन पे इन्टरनेशनल’का अध्यक्ष चाई जियानबोको प्रमुख आतिथ्यतामा नेपालमा आधिकारिक रुपमा ‘युनियन पे भर्चुअल कार्ड’ शुरु गरीएको हो । उक्त कार्यक्रममा युनियन पे’ र एन आईसीएशिया बैंकका उच्च पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


ADVERTISEMENT

# # #


सो सेवालाई बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सेवासंग एकिकृत गरी छिट्टै ग्राहकसामु लैजाने योजना बनाएको छ । साथै, यस सुरुवातले नेपालको डिजिटल भुक्तानी प्रणालीमा सुदृढिकरण हुने विश्वास बैंकले लिएको छ ।

नेपाल सरकारबाट घोषित पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस सम्झौताले नेपालमा आगन्तुक पर्यटकहरुलाई उक्त झुक्तानी प्रणालीको प्रयोगबाट वस्तु तथा सेवा खरिदको भुक्तानीमा सहज हुने बैँकको विश्वास छ । ‘युनियन पे इन्टरनेशनल’ ले विश्वभरका १७५ भन्दा बढी मुलुकहरुमा भुक्तानी सेवा बिस्तार गर्नुका साथै ८ अर्ब भन्दा बढी कार्ड जारी गरेकोे छ ।

एनआइसी एशिया बैंकले गर्दा यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८२ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।