काठमाडौँ – नेपालले विश्वकै पूरानो मानिने लण्डनको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)संगको तीन दिवसीय प्रथम श्रेणीको क्रिकेटमा हार ब्यहोरेको छ । ब्याटिङ चल्न नसक्दा नेपाल एमसीसीसंग २०८ रनले पराजित भएको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले पहिलो इनिङमा १०२ ओभरमा सबै विकेट गुमाउँदै ३६४ रन बनायो । जवाफमा मैदान उत्रिएको नेपालले पहिलो इनिङमा ४५ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन मात्रै बनायो । एमसीसीले पहिलो इनिङमा नेपालवरुद्ध २११ रनको अग्रता लिएको थियो ।


ADVERTISEMENT

# # #


त्यसपछि दोस्रो इनिङ सुरु गरेको एमसीसीले उक्त इनिङमा ३६ ओभरमा ६ विकेट गुमाउँदै १८१ रन बनाएर ‘डिक्लियर’ गरेपछि नेपालले जितका ३९३ रनको विशाल लक्ष्य पाएको थियो । उक्त योगफल नेपालले ८३ ओभरमा भेट्टाउनु पर्ने थियो । तर, खराब प्रदर्शनका कारण नेपालले हार ब्यहोरेको हो । नेपालले दोस्रो इनिङमा ४०.३ ओभरमा सबै विकेट गुमाउँदै १८४ रनमात्र बनाउन सक्यो ।

सोमपाल कामीले ५१, राजु रिजालले ३१, सन्दीप लामिछानले २५ रन, आरिफ शेखले १९, करण केसीले १८ र शरद भेषावाकरले १५ रन जोडे ।

पाँचौं ओभरमा २४ रन हुँदा पहिलो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र व्यक्तिगत ६ रनमा गुमाएको नेपालले १०.२ ओभरमा ५२ रन जोड्दा राजुलाई गुमाएको थियो । ५७ रन जोड्दा शरद आउट भएपछि नेपाल दबाबमा आएको थियो ।

आयो । थप २१ रन जोड्दा नेपालले दीपेन्द्र ऐरी, आरिफ शेख, बिनोद भण्डारी र पवन सर्राफका रुपमा थप चार विकेट विकेट गुमायो । दीपेन्द्र, बिनोद र पवनले खातै खोल्न नसकी आउट भए भने आरिफले १९ रन जोडे । त्यसपछि आएका सोमपाल कामी र करण केसीले ४८ रनको साझेदारी गरेपछि नेपाल केही माथि उकासिएको थियो । तर, करण केसी व्यक्तिगत १७ रनमा आउट भएपछि नेपाल थप दबाबमा आयो ।

दशौँ नम्बरमा आएका सन्दीप लामिछानेले आक्रामक सट खेल्ने प्रयास गरे । २१ रन बनाएका उनले त्यसक्रममा २ छक्का समेत प्रहार गरे । तर, त्यो जितका लागि प्रयाप्त थिएन ।