काठमाडौँ – नेविबिसघंका निवर्तमान अध्यक्ष एवं नेपाली कांग्रेस युवा नेता नैनसिहं महरले वर्तमान सरकार विदेशीको कठपुतली भएर काम गर्न थालेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


नेपाल स्वास्थ्य कर्मी संघको सातौं महाधिवेशन उदघाटन कार्यक्रममा बोल्दै नेता महरले देशको अस्मिता र अखण्डता जोगाउन कांग्रेसले सर्वदलीय संवाद शुरु गरेर जनता जगाउनु पर्ने समय आएको बताए ।


ADVERTISEMENT

# # #


लिपुलेक त्रिदेशीय सीमाक्षेत्रका सवालमा भारत र चीनले नेपाललाई कुनै जानकारी नदिई चोरबाटोबाट गरेको सम्झौँताबारे सरकारले कुरा राख्न नसकेको उनले बताए ।
‘अन्धराष्ट्रवादका जगमा बनेको कम्युनिष्ट सरकारले चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्री नेपाल आउँदा यसकार बारे कुनै कुरा समेत उच्चारण गर्न नसक्नुले वर्तमान सरकार दलाली शैलीमा विदेशीको कठपुतली बनेको प्रष्ट हुन्छ’ नेता महरले रुष्ट हुदैं भने ।

नेता महरले शिक्षा र स्वास्थ्य पूर्णरुपले जनताको स्वामित्वमा ल्याए मात्रै उक्त बिषय जनताको पँहुचमा आउने बताए । वर्तमान सरकार निजी मेडिकल कलेज सञ्चालकको प्रभावमा परेर बिद्यार्थीबाट असुलिएरो थप शुल्क समेत फिर्ता गर्न सरकार भागीरहेको आरोप लगाए ।