काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा विमान एकापसमा ठोक्किएका छन् । विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ गर्दा श्री एयरलायन्सको बिमानले यति एयरलायन्सको विमानलाई पछाडिबाट ठक्कर दिएको हो ।


ADVERTISEMENT


बिमानस्थल कार्यालय प्रवक्ता प्रतावबाबु तिवारीका अनुसार श्रीको सीआरजे ७०० बिमानले पार्किङ गरिराखेको यति एटीआर ७२को पुच्छरमा ठक्कर दिएको हो । श्रीको बिमान पार्किङका क्रममा आउँदै गर्दा घटन घटेको उनले जानकारी गराए । दुवै बिमानमा सामान्य क्षति पुगेको छ ।


ADVERTISEMENT

# # #