मोरङ – विराटनगरमा कटुवा पेस्तोल १ थान सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपलिका–५ बस्ने २५ वर्षीय बिल नरसिंह भन्ने दिपक गुरुङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पैदल हिड्दै गरेका गुरुङलाई शंका लागि जाँच गर्दा उनको साथबाट उक्त हतियार फेला पारेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।