काठमाडौँ – बिहीबारदेखि बंगलादेशमा सुरु हुने एशियन क्रिकेट काउन्सिल (एसीसी) इमर्जिङ टिम्स एशिया कपका लागि नेपाली टोली यतिबेला बंगलादेशमा रहेको छ । प्रतियोगिता सुरु हुनु अघिल्लो दिन नेपालले बुधबार अभ्यास गरेको छ ।


ADVERTISEMENT


आठ राष्ट्र सम्मिलित प्रतियोगिताका लागि दुई समूह विभाजन गरिएको छ । नेपाल समूह ‘बी’मा रहेको छ । जहाँ भारतीय यू २३ टोली, बंगलादेशको यू-२३ टोली र ओमानको राष्ट्रिय टोली रहेका छन् । समूह ‘ए’ मा पाकिस्तान, श्रीलंका, अफगानिस्तान र हङकङ रहेका छन् ।


ADVERTISEMENT

# # #


यसअघि प्रतियोगितामा नेपाल छनोट हुन असफल भएको थियो । तर, युएईले टी-१० लिगमा आफ्ना खेलाडी व्यस्त भन्दै प्रतियोगिता नखेल्ने बताएपछि नेपालले मौका पाएको हो ।

नेपालले आफ्नो पहिलो खेल शुक्रबार भारतको यू–२३ टोलीसंग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ८:४५ बजे सुरु हेनछ । समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनल र फाइनल खेल मिरपुरमा हुनेछ ।

नेपालको खेल तालिका

नेपाल विरुद्ध भारत : १४ नोभेम्बर
नेपाल विरुद्ध हङकङ : १६ नोभेम्बर
नेपाल विरुद्ध बंगलादेश : १८ नाभेम्बर

नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी, इशान पाण्डे, आरिफ शेख, अविनास बोहरा र कुशल भुर्तेल ।

सबै तस्बिर : रमन शिवाकोटी