नेपाली कांग्रेसका विद्यार्थी नेता क्षितिज भण्डारीसंग हिमालयपोष्टले गरेको कुराकानी :


ADVERTISEMENT


पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?


ADVERTISEMENT

# # #


दोस्रो चरणको निर्वाचन सकिएको छ । नेपाली कांग्रेस यो मुलूकको सबैभन्दा ठूलो जिम्मेवार दल भएकाले यसलाई अझ बलियो बनाउने कुरामा हामी युवा विद्यार्थीहरुको महत्वपूर्ण भूमिका हुन्छ । अहिले आन्दोलनको समय सकिएको छ । देश नयाँ नेपाल निर्माणको तर्फ लागेको छ । शान्ति र विकासका लागि दोस्रो संविधानसभा मार्फत नयाँ संविधान आएको छ । यसबाट धरैका आकांक्षा पूरा हुने अवस्था छ । संविधानलाई मूर्तरुप दिन प्रदेश नं २ को असोज २ मा हुने निर्वाचन सम्पन्न गर्न अनिवार्य छ । त्यसका लागि नेपाली कांग्रेस पार्टी, नेपाली कांग्रेसका भातृ संस्थाहरु अहिले प्रदेश नं २ को निर्वाचनमा बढी केन्द्रित भएको तपाईहरुले देखिराख्नु भएको छ । नेपाली कांग्रेस प्रदेश नं २ को भेला सम्पन्न भएको छ । एमालेको जस्तो नभएर हामी शान्तिपूर्ण रुपमा अगाडी बढिराखेको छौ । कांग्रेस सत्तामा भएकाले बढी जिम्मेवार भएर अगाडी बढीरहेका छौँ । पार्टी सभापतिले अब पार्टी पदाधिकारीको पूर्णता दिनुहुन्छ । त्यसपछि पार्टी पनि चलायमान हुन्छ भन्ने हाम्रो विश्वास छ ।

संसद्मा  अहिले राजपाको माग पूरा गर्न भनेर संविधान संशोधनको मुद्दा संसद्मा आएको छ । तर पनि आवश्यक बहुमत पुग्न नसक्दा त्यो पारित हुन सकेको छैन । यसको सम्बोधन गर्नका लागि सरकारले अब कसरी अगाडी बढ्नुपर्छ जस्तो लाग्छ ?

नेपाली कांग्रेस नेतृत्वको सरकारले सबै आन्दोलनरत पक्षहरु तथा असन्तुष्टिका स्वरहरुलाई सम्बोधन गर्नका लागि सकभर आवश्यक लचकता अपनाउनु पर्छ । त्यसका बाबजुत पनि निवार्चन नहुने अवस्थामा, यो मुलूकलाई मुठभेडतर्फ लैजाने अवस्थामा केही शक्तिहरु लोगेको खण्डमा नेपाली कांग्रेसले नेपालको संविधान अनुसार, नेपालको कानुन अनुसार अगाडी बढ्नु पर्छ । निर्वाचनको विकल्प नभएकाले असोज २ को निर्वाचन कुनैपनि हालतमा सम्पन्न गर्ने र तोकिएको समयभित्रमा प्रदेश र संसद्का निर्वाचन सम्पन्न् गर्ने रणनीतिमा जानुपर्छ । कुनैपनि हालतमा संसद्को म्याद थप्ने जस्तो फोहोरी खेलमा नेपाली कांग्रेसको नेतृत्व लाग्नु हुँदैन । र अरु दलले पनि त्यसतर्फ उक्साहट गर्ने र गराउने काम बन्द गर्नुपर्छ भन्ने हामीहरुको माग रहेको छ ।

यसमा तपाईहरुको भूमिका के हुनसक्छ ?

हामी युवाको विशेष भूमिका भनेको खबरदारी हो । हामीले पार्टीका नेतृत्वलाई हिजोका दिनमा पनि पेट्रोलियम पदार्थको
मुल्य वृद्धि होस् या राज्य तथा सरकारले गरेका अलोकप्रिया निर्णयको विरुद्धमा युवा तथा विद्यार्थीहरुले खबरदारी गरेर त्यस्ता खालका निणर्यहरु फिर्ता भए । सरकारका गलत कामका विरद्धमा नेपाली कांग्रेसका युवाहरुले आवाज उठाउने वा सच्याउन लगाउने तथ सरकारका मन्त्रीहरुलाई काम गर्ने राम्रो वातावरणको निमार्ण गर्नमा पहल गर्ने र विशेष गरी पार्टीको युवा संगठनको विस्तारमा हामी केन्द्रित हुन्छौँ ।

राजनीतिक मुद्दाको सम्बोधन गरेर देशलाई विकासको दिशामा अग्रसर गराउन युवा विद्यार्थीहरुको सरकारसंग माग के हुन्छ ?
हेर्नुस, एमालेको सरकारको पालामा माधव ढुङ्गेलको अध्यक्षतामा युवा परिषद गठन भयो । त्यसले अहिले १० लाख बजेट पनि छुट्याएको छ । तर यसले प्रयाप्त रुपमा काम गर्न सकिरहेको छैन । सबै राजनीतिक दलका युवाहरुले निःस्वार्थ रुपमा वा कुनै पद नलिइकन स्वयसेवकका रुपमा काम गर्ने वातापरण दलहरुका बीचमा हुनु पर्छ । समृद्ध नेपालको निर्माणका लागि हामीले कृषि, पर्यटन र रोजगारमा मुख्य ध्यान दिनुपर्छ । त्यस्तै जलश्रोतको विकासका प्रचुर सम्भावनाहरुलाई हामीले उपयोग गर्दै अगाडी बढ्नेपर्छ । नेपाली कांग्रेसको सरकारले धेरै ठूला कुरा मात्र गर्नभन्दा पनि समान्य दैनिक जनजीवनका समस्याको समाधान गर्नतिर लाग्नुपर्छ ।

निर्वाचनलाई शान्तिपूर्ण रुपमा तोकिएको समयमा गराउने तरिकाले अगाडी जानुपर्छ । जनताले रातारात कायापलट गरिदेउ भनेको छैनन् । तर उनीहरुका दैनिक जीवनका समस्याहरुको समाधान गर्नु पर्छ । विकासको गति विस्तारै हुँदै जाने कुरा हो । संविधानलाई कार्यान्वयन गर्नतिर लाग्ने हो भने यसले अधिकांश समस्याको समाधान गर्छ । निर्वाचन नै लोकतन्त्रको आधार भएकाले कांग्रेसले यसलाई जिवित राख्नु पर्छ ।

ठूलो सङ्ख्यामा युवा जमात अहिले विदेशिएको छ । मुलूकमा रोजगारीका अवसरहरु सिर्जना गर्न सकिएको छैन भने लगानीको वातावरण पनि सिर्जना हुन सकिराखेको छैन । राजनीतिक मुद्दालाई अब यथावत राखेर युवाहरुलाई परिचालन गर्दै विकासको बाटोमा अगाडी जानका लागि सरकार तथा राजनीतिक दलहरुको भूमिका कस्तो रहन्छ ?

राजनीतिक अस्थिरताले विगतमा भएका अहिंसा तथा द्वन्द्वले गदाई दिगो विकासका कामहरु हुन सकिरहेका छैनन् । अहिले मुलूक शान्तिप्रक्रियामा गएर संविधानसभा मार्फत संविधान पनि बनिसकेकाले यसले युवाहरुलाई विस्तारै आकर्षण गर्दैछ । त्यसकारण ती युवाहरुलाई अब सरकारले यो देशमा परिचालन गर्नुपर्छ । अन्तराष्ट्रिय लगानीको वृद्धि गरेर देशमै रोजगारीका अवसरहरु सिर्जना गर्नका लागि जलस्रोत, कृर्षि पर्यटन तथा उद्यागका क्षेत्रमा जोड दिनुपर्छ । म सकारात्मक सोच राख्ने मान्छे हो । नेपाली कांग्रेस मात्र होइन, सबै राजनीतक दलले मुलूकलाई समृद्ध बनाउने सपना देखेका युवाहरुलाई अवसरको सिर्जना गरिदिन पर्छ । युवा पलायनको समस्या रोक्न सकियो भने यो मुलूकलाई विकसित बनाउन सकिन्छ । प्राकृतिक सम्पदाको भरपुर प्रयोग गर्दै देशलाई समृद्ध बनाउनुका लागि सबैले हातेमालो गर्न आवश्यक छ ।