काठमाडौँ – आगामी डिसेम्बर १ देखि १० सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष र महिला क्रिकेट टोलीको घोषणा भएको छ ।


ADVERTISEMENT


बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले सागका लागि महिला र पुरुष क्रिकेटको अन्तिम टिम घोषणा गरेको हो । पुरुषतर्फ ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टिम रहेको छ । जसमा युवा अलराउन्डर राशिद खानले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् । यता अनुभवी ब्याट्सम्यान शरद भेषवाकर र बसन्त रेग्मी भने टिममा पर्न सकेका छैनन् ।


ADVERTISEMENT

# # #


महिला तर्फ रुबिना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरिएको छ ।

नेपाली पुरुष टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी, आरिफ शेख र अभिनास बोहरा ।

वैकल्पिक खेलाडी
रोहित पौडेल, भीम सार्की र सागर ढकाल ।

नेपाली महिला टिम
रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट् र कविता कुवर ।

वैकल्पिक खेलाडी
ज्योति पाण्डे, संगीता राई र अस्मिना कर्माचार्य ।