काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित नाइट क्लबमा पुगेका छन् । परिवारका सदस्यसहित एलओडी नामक नाइट क्लबमा पुगेका उनी त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका थिए ।


ADVERTISEMENT


नाच्दानाच्दै उनले कोट फुकाल्छन् । सहभागीहरुलाई अंगालो हाल्छन्, सेल्फी खिच्छन् र रमाइलो गर्न हौस्याउँछन् ।


ADVERTISEMENT

# # #


पूर्वराजा ज्ञानेन्द्र, बुहारी हिमानी, छोरी प्रेरणा नाइट क्लबमा देखिन्छन् । हिमानी शाहले पनि नाचेको मुद्रामा हात माथि गराउँछिन् र नाइट क्लबमा बजेको गीतमा बोली मिलाउँछिन् ।

हेर्नुहोस् भिडियो

https://www.facebook.com/LOD.LordOfTheDrinks/videos/2659592027467411/?t=4

एलओडीले अपलोड गरेको एक भिडियोमा रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो बोलको गीत बजिरहेको सुनिन्छ ।

नाइट क्लबमा पूर्वराजपरिवारका सदस्यहरु हँसिलो मुद्रामा देखिन्छन् ।