काठमाडौं, फागुन १८। हिजो मात्रै बीबीसीबाट राजीनामा दिएर राजनीतिमा होमिएका रविन्द्र मिश्रले पार्टीको नाम जुराएका छन् ।


ADVERTISEMENT


उनको नयाँ पार्टीको नाम साझा पार्टी राखिएको छ भने चुनाव चिन्ह तराजु प्रस्ताव गरिएको छ । उनले पार्टीको नाम तथा चुनाव चिन्ह सुरक्षित राख्न भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । मिश्रको अगुवाईमा पार्टी गठनमा सक्रिय एक नेताले भने, ‘अहिले दल दर्ता त बन्द छ । तर, नाम र चुनाव चिन्ह सुरक्षित गर्न चाहेका हौँ ।’


ADVERTISEMENT

# # #


आयोगमा पार्टी दर्ताको आवेदन दिन द हिमालयन टाइम्‌का पूर्व सम्पादक अजयभद्र खनाल, कृषिविज्ञ डा.उमेद पुन,पूर्व सचिव किशोर थापा, निर्वाचन आयोगका पूर्वसचिव, संयोजक रवीन्द्र मिश्र, अधिवक्ता ओमप्रकाश अर्याल र पत्रकार प्रकाशचन्द्र परियार निर्वाचन आयोगमा पुगेका थिए ।

पार्टीको औपचारिक घोषणा केही साताभित्र हुनेछ र, पार्टीको संयोजक मिश्र नै रहनेछन् ।