काठमाडौँ- नायिका रेखा थापा कमल थापा नेतृत्वको राप्रपा परित्याग गरेर पशुपति शम्शेर राणा नेतृत्वको नयाँ पार्टीमा लागेकी छन् ।


ADVERTISEMENT


रेखा थापा माओवादी परित्याग गरी राप्रपामा गएकी थिइन् ।


ADVERTISEMENT

# # #


अहिले राणा पक्षमा जानुको कारणबारे रेखाले भनिन्, ‘आफ्नो लाइन मिलेकाले राप्रपा प्रजातान्त्रिकलाई रोजेकी हुँ ।’ राप्रपा प्रवेश गर्दा आफूले कहिल्यै राजतन्त्रको वकालत नगरेको पनि उनले बताइन् ।

राप्रपाको केन्द्रीय सदस्य थापाले मंगलबार मध्यान्ह निर्वाचन आयोगमा पुगेर आफ्नो समर्थन राणालाई रहेको भन्दै नाम सनाखत गराएकी छिन् ।