काठमाडौं – आगामी डिसेम्बर १ देखि १० सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल समूह ‘ए’मा परेको छ ।


ADVERTISEMENT


अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल र चिरप्रतिद्वन्द्वी भारत फरक फरक समूहमा परेका छन् । नेपालको समूहमा बंगलादेश र भुटान रहेका छन् । नेपालले बंगलादेशसँग खेल्दै सागको सुरुवात गर्नेछ ।


ADVERTISEMENT

# # #


यता भारत समूह ‘बी’मा परेको छ । समूह ‘बी’ मा भारतसहित श्रीलंका र माल्दिभ्स रहेका छन् । नेपालले डिसेम्बर १ मा बंगलादेशको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै दोस्रो खेलमा नेपालले ५ डिसेम्बरमा भुटानविरुद्ध खेल्नेछ । नेपाल पुरुष फुटबलको साविक विजेता भएकाले उपाधी रक्षा गर्ने चुनौति रहेको छ ।

सागका लागि नेपाली टोली

गोलकिपर : विकेश कुथु, अर्पण कार्की र दीप कार्की।
डिफेन्डर : अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास र छिरिङ गुरुङ।
मिडफिल्डर : सुजल श्रेष्ठ, सुनील बल, मिक्छेन तामाङ, नितिन थापा, सेसेहाङ आङदेम्बे, नितिन थापा, हेमन्त थापामगर र तेज तामाङ।
फरवार्ड : विमल घर्तीमगर, अभिषेक रिजाल, अन्जन विष्ट र रेजिन सुब्बा।

खेल तालिका :