काठमाडौं : सरकारी स्वामित्वको कृषि विकास बैंकमा आर्थिक हिनामिना गरेको पाइएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जना कर्मचारीविरुद्ध ३३ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


ADVERTISEMENT


बैंकका तत्कालिन शाखा अधिकृत केदारप्रसाद गौतमले झुठा विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको पाइएको छ । सोही रकम ट्रान्सफर गर्दा तेज बहादुर थापा खडा गरेका थिए । उनले साेही नाममा नक्कली राहदानी र पासपोर्ट समेत बनाएको अनुसन्धानबाट खुलेको छ ।


ADVERTISEMENT

# # #


नेपाल छाडी विदेश फरार हुने योजना अनुरुप भारत गई बसे । उनले योजनाबद्ध ढङ्गबाट पासवर्ड चोरी गरी चलाखीपूर्ण तवरले कार्यालय समयदेखि बाहेकका समयमा कार्यालयमा बसे । बैंकिङ प्रणालीको दुरुपयोग गरी आफूहरुलाई गैरकानूनी लाभ पुर्‍याउने र बैंकलाई हानिनोक्सानी पुर्‍याउने कार्य गरेको अख्तियारको ठहर छ ।

नागरिकको निक्षेपमा चल्ने बैंकको रकममा कसरी बदमासी हुँदोरहेछ भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार दायर गरेको एउटा मुद्दाबाट पुष्टि भएको छ । नागरिकले खाइनखाई जम्मा पारेको निक्षेप सरकारी स्वामित्वको बैंकका एक कर्मचारीको गलत मनसायले निकालेको र बैंकको प्रणालीलाई नै क्षति पुर्‍याएको देखिएको छ ।

सो बैंकका स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतमले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा नियमितविपरीत ३३ करोड ९३ लाख रकम निकालेको पाइएको छ । यस्ता प्रवृत्तिले बैंक तथा वित्तीय संस्थाप्रति नै नागरिकको विश्वाससमेत गुम्ने अवस्था रहेको छ । बैंक तथा वित्तीय संस्था विश्वासको आधारमा चल्छ ।

आयोगले दायर गरेको मुद्दाअनुसार बैंकमा प्राप्त हुने विप्रेषण रकमसमेत नक्कली नागरिकता पेश गरी आफैले लिएको पाइएको छ । कर्मचारीको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापनसमेत सम्पूर्ण जिम्मेवारी र दायित्व रहेकामा सो भूमिकासमेत निर्वाह नगरेको पाइएको छ ।