उदयपुरः ताप्ली गाउँपालिका–४ स्थित थानागाउँमा सोमबार बेलुकी ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा ताप्ली जतनपुरका ५१ वर्षीय होम बहादुर राना रहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रहरी चौकी रुपाकोटका अनुसार यारीखोलाबाट धान लिएर थानागाउँ जाँदै गरेको ना ५ त ६६०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर रानालाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा स्थानीय स्वास्थ्य चौकी थानागाँउमा मृत्यु भएको हो ।

ठक्कर दिने सवारी साधन सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।