जाडोयाममा सबैलाई एउटै दुविधा हुन्छ, कसरी नुहाउने ?


ADVERTISEMENT


गर्मीमा चिसो पानीले नुहाउँदा  आनन्द आउँछ तर हिउँदमा चिसो पानी शरीरमा पार्ने कल्पनासम्म पनि गर्न सकिन्न । त्यतिखेर त तातो पानी नै चाहिन्छ । चिसो र तातो पानीले शरीरमा गर्ने लाभ वा हानिका बारेमा जानकारी हुनु जरूरी छ ।


ADVERTISEMENT

# # #


चिसो पानीले नुहाउँदा हुने फाइदा

चिसो पानीले नुहाउँदा शरीर ताजा र चुस्त हुन्छ र शारीरिक सौन्दर्य बढ्छ । यसले रक्तसञ्चारलाई पनि राम्रो गराउँछ ।

चिसो पानीले नुहाउँदा शरीर फुर्तिलो र ऊर्जावान् महसूस हुन्छ । यसले तनाव कम गराउँछ र राम्रो निद्रा ल्याउँछ । चिसो पानीले नुहाउँदा शरीरबाट विषालु पदार्थ बाहिर निस्कन्छ । शरीरमा संक्रमण हुने खतरा पनि कम हुन्छ ।

अनुहारमा फोकाफोकी आउँदा अनि शरीरको छाला चिलाउँदा चिसो पानीले नुहाउनु ठीक हुन्छ । चिसो पानीले रगत सफा बनाउँछ जसका कारण अनुहारमा निखार आउँछ ।

तर जाडोमा अनि रुघा र ज्वरो आएको बेलामा चिसो पानीले नुहाउनु हुँदैन ।

तातो पानीले नुहाउनुको फाइदा

जाडोमा तातो पानीले नुहाउँदा दिनभरिको थकान मेटाउन सजिलो हुन्छ । मांसपेशी बाउँडिएमा मनतातो पानीले नुहाउँदा राहत पाइन्छ ।तर तातो पानीमा लामो समय नुहाउँदा छाला शुष्क हुन्छ ।

धेर तातो पानीले नुहाउँदा छाला चिलाउँछ र छालाको प्राकृतिक नमी हराउँछ । यसले गर्दा फोकाफोकी आउँछ । आयुर्वेदका अनुसार बिहान नुहाउनुछ भने चिसो पानी ठीक हुन्छ भने राति तातो पानी ठीक ।

नियमित काम गर्नुहुन्छ भने तातो पानीले नुहाउने सल्लाह दिइन्छ । मिर्गी रोग लागेको छ भने मनतातो पानीले नुहाउनुस् ।

मौसम, स्वास्थ्य स्थिति र शरीरको आवश्यकता अनुसार नुहाउने पानी चुन्नुस् ।

एजेन्सी