सयुक्त राष्ट्र संघीय इकाइ इन्टरनेट गभर्नेन्स फोरमले मल्टिस्टेकहोल्डर एड्भाइजरी ग्रुप सदस्यमा नेपाल दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाललाई पुन: नियुक्त गरेको छ।


ADVERTISEMENT


सन् २०१९ मा पहिलोपटक सदस्य नियुक्त भएका खनाललाई २०२० का लागि पनि सोही पदमा नियुक्त गरिएको छ।


ADVERTISEMENT

# # #


राष्ट्र संघको सूचना प्रविधि सम्बन्धि काम गर्ने यो संस्थाले बहस तथा छलफल चलाउँदै आएको छ। सदस्य मुलुकका लागि नीतिगत तथा संस्थागत विकासका लागि काम गर्ने यसमा खनाल दोहोर्याएर नियुक्त भएका हुन्।

खनाल प्राधिकरणको बरिष्ठ निर्देशक भएपनि सरकारले जगेडामा राखेको छ। प्राधिकरणमा काम गर्न नदिएर सञ्‍चार तथा सूचना प्रविधि मन्त्राी गोकुल बाँस्कोटाले मन्त्रालयमा तानेका छन्।

उनलाई अहिले कुनै पनि भुमिका दिइएको छैन।