काठमाडौं – दैलेखमा माइक्रोबस हायस दुर्घटनाहुँदा तीन जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


सुर्खेतबाट दैखेल आउँदै गरेको आँउदै गरेको भे १ ज १०२९ नंम्बरको हायस दुर्घटनाहुँदा तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परेर दुई जना पुरुष र एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


उनीहरुको सनाखत भएको छैन । दुर्घटनामा परि १५ जना घाइते भएका छन् । त्यो मध्ये पाँच जनाको अवस्था गम्भिर रहेको छ । उद्धार कार्य जारी भैरहेको प्रहरीले जनाएको छ । माइक्रो सडकबाट तल खोल्सामा खसेको थियो । उनीहरुको थप उपचारको लागि सुर्खेत पठाइएको छ ।