काठमाडौँ – मंसिर १५ देखि २४ गतेसम्म नेपालमा हुनेको १३औं दक्षिण एसियाली खेलकुद(साग) प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट विभिन्न खेलमा ९२ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।


ADVERTISEMENT


प्रतियोगिताका लागि ४४ जना महिला र ४८ जना पुरुष गरी ९२ जना खेलाडी तथा प्रशिक्षकहरु छनौट भएको नेपाल प्रहरीले जनाएको छ । प्रतियोगितामा १९ खेलमा नेपाल प्रहरीले सहभागिता जनाउने छ । जसमा पुरुष फुटबल, महिला फुटबल, पुरुष भलिबल, महिला भलिबल, एथलेटिक्स, भारोत्तोलन, बक्सिङ, सुटिङ रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै जुडो, कराँते, तेक्वान्दो, ब्याडमिन्टन, टेवलटेनिस, उसु, क्रिकेट, महिला कबड्डी, आर्चरी, कुश्ती र महिला बास्केटबलमा समेत नेपाल प्रहरीको सहभागिता रहने नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।