काठमाडौं – पाकिस्तान विरुद्धको दोस्रो टेष्ट म्याचको पहिलो पारीमा अष्ट्रेलियाले बलियो सुरुवात गरेको छ । वर्षाले प्रभावित पहिलो दिनको खेलमा देवीड वार्नरले शतक लगाएपछि अष्ट्रेलिया बलियो अवस्थामा पुगेको हो ।


ADVERTISEMENT


पहिलो दिनको खेल जारी रहँदा अष्ट्रेलियाले अष्ट्रेलियाले एक विकेटको क्षतिमा ३ सय ४० रन बनाएको छ । एडिलैडमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अष्ट्रेलियाले ८ रनकै स्थितिमा पहिलो विकेट गुमाउन पुग्दा दबाबमा आएको थियो ।


ADVERTISEMENT

# # #


जोई बर्र्न चार रनको ब्यक्तिगत् योगफलमा पेभेलियन फर्किएपछि अष्ट्रेलियाका लागि देवी डेभिड वार्नरले शतक प्रहार गरेका छन् । यो उनको २३ औँ टेष्ट शतक हो । यस्तैमानर्स लबुस्नेले पनि आफ्नो शतक पूरा गरेका छन् । यो उनको दोस्रो शतक हो ।

वार्नर र लबुस्नेले अष्ट्रेलियाको दोस्रो विकेटका लागि अविजित अविजित रहँदै २ सय ३२ रनको साझेदारी गरिसकेका छन् । वार्नरले १२७ तथा लबुस्नेले १०४ रनको योगदान दिई अविजित रहेका छन् । पाकिस्तानका लागि शहीन शाह अफ्रिदीले एक विकेट लिएका छन् ।