चितवन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लाका तीनवटा वडामा भएको चुनावमा नेकपाका सबै उम्मेदवार पराजित भएका छन् ।


ADVERTISEMENT


चितवनका तीन वडामा भएको वडाध्यक्षको चुनावमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ ।


ADVERTISEMENT

# # #


भरतपुर महानगरपालिका–१६ मा कांग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भक्तराज हमाललाई पराजित गनुभएको हो । अमृतराजले तीन हजार १८३ मत प्राप्त गर्नुभयो भने भक्तराजले दुई हजार ८७५ मत प्राप्त गर्नुभएको थियो ।

यसअघिको चुनावमा नेकपाकै रेणु दाहाल मेयर भएको भरतपुर महानगरपालिकाको वडा नम्बर १६ मा तत्कालीन एमालेका उम्मेदवार चतुर्मान गुरुङ विजयी हुनु भएको थियो । गएको असोजमा उहाँको क्यान्सर रोगका कारण निधन भएको थियो ।

यस्तै पूर्वी खैरहनी नगरपालिका–४ मा कांग्रेसका उम्मेदवार देवबहादुर बस्नेतले नेकपाका उम्मेदवार वेदबहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गर्नुभएको हो । बस्नेतले एक हजार १३८ मत प्राप्त गर्दा नेकपाका वेदबहादुर अधिकारीले ९८६ मत ल्याउनुभएको थियो ।

खैरहनीकै वडा नं ५ मा नेपाली कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गर्नुभएको छ । कार्कीले ८४२ मत प्राप्त गर्दा र प्रधानको ७५६ मत आएको थियो ।