नेपाल सरकारका १८ अधिकारीहरुले गत कात्र्तिकमा भारतको बेंगलूर स्थित National Academy of Customs, Indirect taxes and Narcotics (NACIN) मा “सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण” बारे प्रशिक्षण गरेका छन् ।


ADVERTISEMENT


नेपाल सरकारको अनुरोधमा कूल ६० अधिकारीहरुको लागि भारत सरकारले तयार पारिएकोे यो एक विशेष कोर्ष हो । नेपाल सरकारका विभिन्न निकायहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको छ । भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग (ITEC) कार्यक्रम अन्तर्गत रहेको जनाईएको छ । यस प्रशिक्षणले कार्यक्रममा सहभागी अधिकारीहरुको सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलाहरुलाई प्रभावकारी ढङ्गबाट सामना गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्ने जनाईएको ।


ADVERTISEMENT

# # #


यसअघि २० नेपाली अधिकारीहरुको पहिलो समूहले गत भदौ ७ गते ६ दिने प्रशिक्षण मोड्युल सम्पन्न गरेका थिए । २१ नेपाली अधिकारीहरुको तेस्रो समूहले मंसीर–पौष महिनामा प्रशिक्षण लिने जनाईएको छ ।

वित्तीय अनुसन्धान एवम् सम्पत्ति शुिद्धकरण क्षेत्रमा NACIN भारत सरकारको अत्याधुनिक शिक्षण सुविधा सहितको प्रमुख प्रशिक्षण संस्थान हो । एशिया ÷प्रशान्त क्षेत्रका लागि विश्व भन्सार संस्थाको एक मान्यता प्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्रका रुपमा लिईन्छ । अन्य अन्तर्राष्ट्रिय संस्थाहरु UNEP, UNODC, SASEC लगायतसँग यस्ले मिलेर काम गर्ने जनाईएको छ ।