काठमाडौं – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आजै डिस्चार्ज हुने भएका छन् । एपेण्डिसाइटिसको उपचारका लागि अस्पताल पुगेका प्रधानमन्त्रीलाई १० दिनपछि डिस्चार्ज गर्न लागिएको हो ।


ADVERTISEMENT


प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनलाई आज दिउँसो ३ः३० बजे डिस्चार्ज गरिनेछ । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।


ADVERTISEMENT

# # #