काठमाडौँ – प्रभु बैंक लिमिटेडले सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ०६ स्थित बयलबासमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैंकको १९९ औँ शाखाको रुपमा रहेको बयलबास शाखा कार्यालयको उद्घाटन ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटाले बिहीबार एक समारोह बिच गरेका हुन् ।


ADVERTISEMENT

# # #


बैंकको बयलबासमा शाखा कार्यालयको समुद्घाटन गर्दै नगर प्रमुख देवकोटाले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणलाई बैंकिङ्ग सेवा पुर्याएको भन्दै प्रशंसा गरे ।

बैंकको बयलबास शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका ग्राहकले गुणस्तरीय सेवाबाट लाभान्वित हुने बैँकले विश्वास व्यक्त गरेको छ ।