राजविराज– सप्तरीमा पछिल्लो एक महिनादेखि विषालु सर्पको बिगबिगी जताततै बढ्न थालेपछि जिल्लावासीमा डर, त्राससमेत बढेको छ ।


ADVERTISEMENT


पछिलो पटक सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ मा गएराति विषालु सर्पको टोकाइबाट स्थानीय ७८ वर्षीय दुखाइ साहको मृत्यु भएको छ । सर्पले टोकेपछि उनलाई समयमै अस्पताल पुर्याउनुको साटो धामीझाँक्रीको भर पर्दा मृत्यु भएको स्थानीयवासीले जनाएका छन् । घरमा सुतिरहेका साहलाई विषालु सर्पले टोकेको थियो ।


ADVERTISEMENT

# # #


गाउँलेको दबाबमा उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरेपनि अस्पताल ल्याउन ढिलाइ गरेको र अन्धविश्वासमा परेर गाउँमै धामीझाँक्रीको भर पर्नाले साहको ज्यान गएको चिकित्सकको भनाइ छ ।

यस्तै, गर्मी र वर्षासँगै जिल्लामा सर्पदंशका घटना ह्वात्तै बढ्दा जिल्लाको एक मात्र सरकारी स्थानीय सगरमाथा अञ्चल अस्पतालमा दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।
यता अस्पतालमा सर्पदंशका बिरामी बढ्न थालेपछि एन्टीस्नेक भेनम औषधि पर्याप्त मात्रामा स्टक गरिएको अस्पताल प्रशासनले जनाएको छ ।