काठमाडौं । नेपालले घरेलु मैदानमा दोस्रो पटक फुटबलमा स्वर्ण जितेको छ । समग्रमा चौथो स्वर्ण भए पनि घरेलु मैदानमा भने सन् १९८४ को पहिलो संस्करणपछि यसै वर्ष स्वर्ण जितेको हो ।


ADVERTISEMENT


यसअघि सन् १९९९ मा आठौं संस्करणमा नेपाल फाइनल पुगे पनि बंगलादेशसंग १-० ले पराजित भएको थियो ।


ADVERTISEMENT

# # #


यस पटक भने नेपालले भुटानलाई २-१ ले पारजित गर्दै घरेलु मैदानमा स्वर्ण जित्यो  । यसबाहेक नेपालले सन् १९९३  र २०१६ मा पनि फुटबलमा स्वर्ण जितेको थियो ।

यस पटक ५ राष्ट्र सहभागी पुरुष फुटबलमा नेपालले अपराजित रहँदै स्वर्ण जितेको हो । दशरथ रंगशालमा करिब १५ हजार दर्शक अगाडि नेपाललाई स्वर्ण जिताउन अभिषेक रिजाल र सुनिल बलले गोल गरे । सन् १९९९ मा खेलाडीको रुपमा फाइनल हारेका प्रशिक्षक बालगोपाल महर्जनले यस पटक प्रशिक्षकको रुपमा स्वर्ण जिते ।

उनले खेलाडीको रुपमा १९९३ मा भने स्वर्ण जितेका थिए । खेलाडीको रुपमा १९९३  मै स्वर्ण जितेका मृगेन्द्र मिश्र, राजेश मानन्धर यस पटक कोचिङ स्टाफका रुपमा थिए भने राखेपका चिफ कोच मिलन भक्त हाडा टिमको सल्लाहकारका रुपमा थिए ।