लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) का लागि ७ सय ६८ जनाको विज्ञापन खुला गरेको छ।


ADVERTISEMENT


बुधबार सूचना जारी गर्दै आयोगले अप्राविधिकतर्फ विभिन्न समूहमा अधिकृतका लागि दरखास्त आह्वान गरेको हो।


ADVERTISEMENT

# # #


न्याय सेवातर्फ न्याय, कानुन र सरकारी वकिलमा खुला १३६, महिला ३७, आदिवासी जनजाति ३०, मधेसी ३०, दलित ११, अपांग ६ र पिछडिएको क्षेत्रका लागि ५ सिटमा आवेदन खुलेको छ।

परराष्ट्र, प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवामा खुलातर्फ २३८, महिलातर्फ ७७, आदिवासी/जनजातितर्फ ६१, मधेसीतर्फ ५१, दलित, अपांग र पिछडिएको क्षेत्रमा क्रमश: २०, ११ र १० जनाका लागि विज्ञापन गरिएको छ।

स्नातक तह उत्तीर्ण गरेका उम्मेदवारले पुस १५ सम्म एक हजार रूपैयाँ र २२ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन भर्न सक्नेछन्।

यस्तै आयोगले ३१९ जना अधिकृत आन्तरिक प्रतिष्पर्धाबाट बढुवा गर्ने भएको छ।