चितवन – पहिरो रोक्ने काम बाँकी रहेकाले चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड शुक्रबारदेखि दुई हप्ताका लागि बन्द हुने भएको छ ।


ADVERTISEMENT


मंङसिर २७ गतेदेखि पुसको ११ गतेसम्म लागि विहान ११ बजेदेखि ३ बजेसम्म बन्द गर्न लागिएको हो । सडकको निर्माण कार्य सकिएपनि पहाडको पहिरो रोक्ने काम बाँकी रहेकाले सडक बन्द गरेर काम गर्न लागिएको हो । मुग्लिन नारायणगढ सडक आयोजनाका सूचना अधिकारी शिव खनालले भने ‘पहिलो झर्ने विभिन्न आठ स्थानमा काम गर्नु पर्ने भएकाले हामीले सूचना प्रकाशित गरेका छौ, शुक्रबारबाट बन्द हुन्छ ।’


ADVERTISEMENT

# # #


बन्द गर्ने विषयमा तयारी भएपनि भरतपुर विमानस्थल मर्मतको लागि बन्द गर्दा केही समय ढिला भएको सूचना अधिकारी खनालले जानकारी दिनुभयो । ढुंगा झारेर काम गर्नको लागि ठेक्का सम्झौता भइसकेको खनालले बताए । १२ करोडको लागतमा ठेक्का भएको काम ६ महिना भित्र सक्ने योजना रहेको छ । पहाडमा झर्न लागेका पहिरो, खुकुलो माटोलाई झारेर तारजाली हाल्ने योजना रहेको छ ।

दैनिक ४ घण्टा यातायात बन्द गरेर काम गर्नु पर्ने भएकाले बन्दको समयमा सो राजमार्ग यात्रा नगर्न आयोजनाले सूचित गरेको छ । ढुंगा झार्ने स्थानहरुमा गाइघाट, १८ किलो, झालुढुंगा, जलवीरे, ४ किलो, घुमाउने, टोपेखोला, कालिखोला रहेका छन् । काठमाण्डौ पोखराको सवारी साधन भने निर्वाध रुपमा सञ्चालन हुने आयोजनाले जानकारी दिएको छ । नारायणगढ र काठमाण्डौबाट सडक पार हुने सवारी यातायातको लागि भने रोकिनु पर्ने हुन्छ ।