काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग)मा फुटबलतर्फ स्वर्ण जित्ने नेपाली टोलीका खेलाडीले जनही पाँच लाख पुरस्कार पाउने भएका छन् । बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले सरप्राइज प्याकेज कार्यक्रममा फुटबल खेलाडीले ५–५ लाख पाउने घोषणा गरेका हुन्।


ADVERTISEMENT


सरप्राइज प्याकेजमा फुटबल खेलाडी भने सरप्राइज्ड भएनन्। किनभने उनीहरुले यसअघि १२औं सागमा स्वर्ण जित्दा पनि ५–५ लाख पाएका थिए ।


ADVERTISEMENT

# # #


यस पटक उनीहरुको पुरस्कारमा भने वृद्धि भएन । सुजल श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले मंगलवार भुटानलाई २–१ ले पराजित गर्दै १३औं सागको फुटबलको स्वर्ण जितेको थियो ।

यस पटक पुरस्कारमा वृद्धि हुने भनिए पनि पुरानै स्केलमा पुरस्कार पाउने भएपछि खेलाडीहरु सन्तुष्ट हुन सकेनन् । स्वर्ण जित्ने नेपाली टिममा २० खेलाडी ३ प्रशिक्षक १ म्यानेजर १ फिजियो र १ सल्लाहकार रहेका छन् ।