काठमाडौँ – प्रदेश ३, प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा सन्चालन भएको जुनियर प्रहरी अधिकृत स्तरको अपराध अनुसन्धान तालिम सम्पन्न भएको छ । बुधबार एक समारोहकाविच तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्दिप भण्डारीले समापन गरेका हुन्।


ADVERTISEMENT


गत कात्तिक ३ गतेबाट सन्चालन भएको ३३ कार्य दिनको उक्त तालिममा ३ नं प्रदेश प्रहरी कार्यालय मातहतका बिभिन्न ईकाईबाट २५ जना र २ नं प्रदेश प्रहरी कार्यालय मातहतबाट ४ जना गरी २९ जना जुनियर प्रहरी अधिकृतहरु सहभागी भएका थिए । समारोहमा सहभागी अधिकृतहरुलाई प्रमाणपत्र तथा निर्देशन सम्बोधन गर्दै एसएसपी भण्डारीले परिवर्तनशिल समाजमा अपराधको प्रकृति र प्रवृतिमा समेत व्यापक परिवर्तन देखिएको हुँदा प्रहरीले आफुलाई कानुनी ज्ञान र अनुसन्धानका नविन सीपमा पोख्त राख्नु पर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले तालिमबाट प्राप्त सैद्धान्तिक तथा व्यावहारिक ज्ञानलाई कार्यक्षेत्रमा उदाहरणीय रुपमा प्रस्तुत गर्न निर्देशन दिए । तालिम केन्द्रका सह–समादेशक तथा तालिमका प्रमुख प्रशिक्षक प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रशिक्षार्थीका तर्फबाट आफ्नो मन्तव्य प्रस्तुत गर्दै प्रहरी सहायक निरीक्षक संगिता पाण्डेले तालिमले कार्यक्षेत्रमा देखापरेका अन्यौल तथा दुविधाहरुलाई धेरै हदसम्म समाधान गरेको र तालिमबाट प्राप्त ज्ञानलाई अक्षरस पालना गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।