लोकसेवा आयोगले बुधबार खरीदार पदको विज्ञापन खोल्ने


ADVERTISEMENT


काठमाडौँ, फागुन १९ । अबको लोकसेवा आयोगको परिक्षामा एसएलसी परिक्षामा ‘सी’ ग्रेड भन्दा कम ल्याउने परीक्षार्थीले सहभागी हुन नपाउने भएका छन् ।


ADVERTISEMENT

# # #


एसएलसी उत्तीर्ण शैक्षिक योग्यता भएका परीक्षार्थीहरु खरीदार वा सो सरहको परीक्षाका लागि सामान्यतः योग्य ठहरिन्छन् । लोकसेवा आयोगले हालै शिक्षा मन्त्रालयसँग समन्वय गरेर खरीदार परीक्षाका लागि शैक्षिक योग्यता निर्धारण गरेको हो ।

लोकसेवा आयोगका सहसचिव एवम् प्रवक्ता लक्ष्मीविलास कोइरालाले भने, ‘अब खरीदारको परीक्षा दिनका लागि ग्रेड प्वाइन्ट एभरेज (जीपीए) कम्तीमा २ वा २ भन्दा माथि हुनुपर्छ । यो भनेको ‘सी’ वा ‘सी’भन्दा माथिको ग्रेड हो ।’

राष्ट्रिय परीक्षा बोर्डले गत वर्षदेखि नौ वटा ग्रेडमा एसएलसी परीक्षाको नतिजा सार्बजनिक गर्दै आएको छ । एसएलसी परीक्षाको प्राप्ताङ्कका आधारमा विद्यार्थीहरुले ‘ए प्लस’, ‘ए’, ‘बी प्लस’, ‘बी’, ‘सी प्लस’, ‘सी’, ‘डी प्लस’, ‘डी’ र ‘ई’ ग्रेड पाउँछन् । तर, खरीदार पदका लागि शैक्षिक योग्यता के हो भन्ने अन्योल थियो ।

अब भने त्यो अन्योल अन्त्य भएकाले खरीदार पदको विज्ञापन खुलाउने तयारी गरेको लोकसेवा आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता कोइरालाले भने, ‘आगामी बुधबार खरीदार पदको विज्ञापन खोल्छौं । यो ग्रेड सिस्टमको पहिलो परीक्षा हुनेछ जसमा सहभागी हुन एसएलसीमा कम्तिमा सी ग्रेड ल्याएको हुनुपर्छ ।’