काठमाडौँ– फिफा वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको वरियतामा नेपालले एक स्थान सुधार गर्दै १ सय ६९ औ स्थानमा उक्लिएको छ ।


ADVERTISEMENT


यस्तै दक्षिण एसियाली राष्ट्रमा नेपाल भन्दा माथी रहेको भुटान एक स्थान तल झर्दै १ सय ६५ औँ स्थानमा छ । त्यस्तै अफगानिस्तान एक स्थान तल झर्दै १ सय ५६ औ र माल्दिभ्स १ सय ४२ औँ स्थानमा यथावत छ । दक्षिण एसियाली राष्ट्र मध्य सबै भन्दा माथी रहेको इन्डिया एक स्थान चिप्लिदै ९७ औँ स्थानमा छ ।


ADVERTISEMENT

# # #


नेपाल भन्दा वरियतामा तल रहेका देश बंगलादेशले एक स्थान सुधार गर्दै १ सय ८९ औँ स्थानमा छ । त्यस्तै श्रीलंका १ सय ९७ औँ र पाकिस्तान २ सय औ स्थानमा यथावत छ । विश्व वरियतामा ब्राजिल एक स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएको छ । एक स्थान तल खस्किएको जर्मनी दोस्रो स्थानमा रहदा अर्जेन्टिना तेस्रो स्थानमा यथावत छ । समान एक स्थान सुधार गर्दै स्विट्जरल्याण्ड चौथो र पोल्याण्ड पाँचौँ स्थानमा छ ।

युरो कप विजेता पोर्चुगल दुई स्थान चिप्लिदै छेटौँ स्थानमा पुग्दा चिली सातौँ कोलम्बिया आठौँ बेल्जियम नवौँ र फ्रान्स दशौँ स्थानमा रहेका छन् ।