काठमाडौँ– भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन् ।


ADVERTISEMENT


बहुक्षेत्रीय प्राबिधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास ९बिमस्टेक० बैठकमा सहभागी हुन काठमाडौं आएकी विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी हुन् ।


ADVERTISEMENT

# # #


भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका साथै प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणबारे पनि छलफल भएको बताइएको छ ।

बिमस्टेक बैठकमा सहभागी हुने स्वराज बिहीबार मध्यान्ह मात्र काठमाडौं आइपुगेकी थिइन् ।

बिमस्टेक बैठकको साँझ सुरू भएको छ । विमस्टेक बैठकमा व्यापार तथा लगानी, प्रतिआतंकवाद, गरिबी निवारण, यातायात, पर्यटन लगायतका विषयमा छलफल हुने बताइएको छ ।