काठमाडौं, फागुन १९ । व्यवस्थापिका संसद्को आज १ बजे बस्ने भनिएको बैठक स्थगित गरिएको छ। संसद् सचिवालयले विशेष कारणले भोलिको बैठक स्थगित गर्नु परेको जनाउँदै अर्को बैठक यही फागुन २७ शुक्रबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको सूचनामा उल्लेख गरेको छ।


ADVERTISEMENT


संविधान संशोधनको प्रस्तावका बारेमा प्रमुख दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच ठोस सहमति हुन नसकेका कारण संसद्का पछिल्ला अधिकांश बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएका छन्।


ADVERTISEMENT

# # #


सभामुख ओनसरी घर्तीमगर पति पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्य उपचारका क्रममा थाइल्यान्डमा छिन्। दलहरुबीच संविधान सशोधनको विषयमा सहमति भई संसद्लाई बिजनेस प्राप्त भएको खण्डमा उनी तुरुन्त स्वदेश फर्कन सक्ने सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए।