काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ ।


ADVERTISEMENT


आइतबार सकिएको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटी बैठक पुस २३ गते बोलाउने निर्णय गरेको एक नेताले जानकारी दिए । स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहिहत पारित गरेको छ ।


ADVERTISEMENT

# # #


महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव भने केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको नेता भीम रावलले पत्रकारहरुलाई जानकारी दिए ।