काठमाडौँ – काठमाडौँको सुकेधारामा यात्रुबाहक बसले विद्यार्थीलाई ठक्कर दिएपछि एउटाको ज्यान गएको छ । सडक पार गरिरहेका बेला पशुपति बहुमुखी क्याम्पसमा स्नातक चौथो वर्षमा अध्यनरत सृष्टि पन्तको निधन भएको हो ।


ADVERTISEMENT


बिहान करिब पौने ६ बजे बा४ख ५९२० नम्बरको बसले ठक्कर दिएपछि उपचारका क्रममा चाबहिलस्थित ओम अस्पतालमा उनको निधान भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं एसपी जीवनकुमार श्रेष्ठका अनुसार गोरखा घर भइ धुम्बाराही बस्दै आएकी पन्तलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि अस्पताल लगिएको थियो ।


ADVERTISEMENT

# # #


पन्तको निधन भएपछि विद्यार्थीहरु प्रदर्शनले चाबहिल क्षेत्र तनावग्रस्त बनेको थियो । विद्यार्थीहरुले ठक्कर दिने बसमाथि आगजनी गरेका छन् ।