सप्तरी– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २ नं प्रदेशमा स्थानीय निकायको निर्वाचनमा बढी बहुमत ल्याउन र आफ्नो बाहुल्यता बढाउन तीन ठूला दलले सत्ता र शक्तिको दुरुप्रयोग गरिरेहेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


कार्यकर्ता प्रशिक्षण, पार्टी प्रवेश र भेटघाटको सिलसिलामा राजविराज आउनुभएका उनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा तीन ठूला दलले तेस्रो चरणको निर्वाचनमा प्रदेश नं। २ मा घेराबन्दी गरी निर्वाचन गराउन लागिएको बताए।


ADVERTISEMENT

# # #


अध्यक्ष यादवले तीन ठूला दलले प्रदेश नम्बर २ मा सत्ता शक्तिको जति दुरुपयोग गरे पनि अब हुने स्थानीय निर्वाचनमा आफ्नो पार्टी पहिलो स्थानमा रहने दाबी गरे ।

मधेसी जनताको हकहितका लागि राष्ट्रिय जनता पार्टी ९राजपा० लागे पनि निर्वाचनमा नजाने दुःखद विषय भएको बताउँदै उनले वर्तमान सरकारले संविधान संशोधन गरेर भए पनि राजपालाई निर्वाचनमा सहभागी गराउनुपर्नेमा जोड दिए ।

साथै अध्यक्ष यादवले प्रदेशको निर्वाचन नगरी संसद्को निर्वाचनमा जानु ठिक नभएको बताउँदै प्रदेशको निर्वाचनपछि मात्र संसंद्को निर्वाचन गराउनुपर्नेमा पनि जोड दिए ।

जिल्लाको विभिन्न नदी र खोलमा आएको बाढीबाट पीडित व्यक्तिको समस्या स्थायीरुपले समाधान गर्न पनि अध्यक्ष यादवले सरकारसंग आग्रह गरे ।

दैविप्रकोप उद्धार समितिको बैठक

सप्तरी, राजविराज– विभिन्न खोला र नदीमा आएको बाढीले प्रभावित सप्तरी जिल्लामा खासै ठूलो क्षति नभएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताएका छन्।

पहाडी भेगमा परेको अत्यधिक वर्षाका कारण मोहुली र खाँडो खोलामा आएको बाढीले दुबै नदीलाई नियन्त्रण गर्न हालै निर्माण गरिएको बाँधको ठाउँ ठाउँमा कटान गरेकाले थप क्षति हुन नदिन अहिले बोरामा बालुवा, बाँसको जालो र घाँस हालेर संरक्षणका कार्य भइरहेको उनले बताए ।

संरक्षणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सडक डिभिजन कार्यालय, जल उत्पन्न प्रकोप कार्यालयका प्राविधिकका साथै रोकथामका विभिन्न समग्री त्यहाँ पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

विगत तिन दिनदेखि परेको अबिरल वर्षाका कारण खाँडो नदीमा आएको बाढीले जिल्लाको तोपा, बिरोल, कजोली, रम्पुरा मलहनीया, सकरपुरा र तिलाठीमा करिब तीन फिटसम्म पानी जमेकामा अहिले पानीकोस्तर घटदै गइरहेको छ ।

त्यस्तै मोहुली खोलामा आएको बाढीले जिल्लाको तिरुहत गाउँपालिकाको मैनाकडेरी, भेडिया, त्रिकोल, गोइँठी र हनुमानगर कंकालनी नगरपालिकाको पोताहालगायतका ग्रामीण क्षेत्रलाई बाढीबाट सुरक्षा गर्न मोहुली नदीमा निर्माण गरिएको करिब दुई किलो मिटरसम्म बाँधमा क्षति पुगेको जल उत्पन्न प्रकोप कार्यालयका प्रमुख रामनरेश मण्डलले बताए ।

उनले क्षतिग्रस्त बाँधको विभिन्न स्थानमा इञ्जिनियरसहित प्राविधिकको टोली आज बिहानबाट खटाइएको र बाँधको क्षतिग्रस्त स्थानमा बोरामा बालुवा, बाँसको पाइलिग र घाँसको मुठा राखेर बाढीबाट स्थानीय बासिन्दालाई सुरक्षित पार्ने प्रयास भइरहेको प्रमुख मण्डलले जानकारी दिए ।

हिजो खाँडोमा आएको बाढीले राजविराज १५ स्थित देउरी भरुवाबाट बेपत्ता भएका स्थानीयवासी डोमी यादवको खोजी जारिरहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

जिल्ला दैविप्रकोप उदार समितिको बैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको अध्यक्षतमा आज बसेको बैठमा विभिन्न राजनीतिक दलका नेता, बाढीपीडितसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधि , सुरक्षा निकाय, सञ्चारकर्मी तथा कार्यालय प्रमुखको सहभागिता रहेको छ । रासस