काठमाडौँ– नेपाल सरकारले छाउपडी प्रथाको अन्त्यका लागि हालै व्यवस्थापिका–संसद्बाट सर्वसम्मतिले कानून पारित गरेकामा फ्रान्स सरकारले स्वागत गरेको छ ।


ADVERTISEMENT


मानवअधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षाका बेला सन् २०१५ मा नेपालले गरेको प्रतिबद्धताअनुरुप उक्त कानून पारित भएको स्मरण गर्दै यहाँस्थित फ्रान्सेली राजदूतावासले महिलाविरुद्धका विभेद र हिंसालाई निमिट्यान्न पार्न आफ्नो मुलुक सधैँ प्रतिबद्ध रहेको जनाएको छ ।


ADVERTISEMENT

# # #