काठमाडौँ – अखिल नेपाल फुटबल संघको सहकार्य र नेपाली सेनाको आयोजनामा सञ्‍चालन भएको ‘प्रधानसेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधी सशस्त्र प्रहरी बल (एपीएफ)ले जितेको छ ।


ADVERTISEMENT


बुधबार नेपाली सेनाको प्रधानकार्यालय जंगीअड्डास्थित खेल मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ०-२ ले हराउँदै एपीएफले उपाधी कब्जा गरेको हो । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले च्याम्पियन एपीएफले ट्रफी र मेडलसहित ३ लाख रुपैयाँ पुरस्कार हस्तान्तरण गरेका छन् । यस्तै उपविजेता बनेको आर्मीले एक लाख ५० हजार नगद जितेको छ । सेमिफाइनल पुग्ने नेपाल पुलिस र भुटानको टोलीले ५०-५० हजार प्राप्त गरेको छ ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र ए.पी.एफ क्लब, प्रदेश नं १, २ र ५ को महिला टिमले सहभागिता जनाएका थिए । यस्तै भारतको सिक्किम र भुटानको टिम पनि सहभागी थिए ।

सर्वोत्कृष्ट खेलाडीमा दीपा राई

प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडीमा त्रिभुवन आर्मी क्लबकी दिपा राई चुनिएकी छन् । उनले यमहाको स्कुटर प्राप्त गरिन् । यस्तै उदयीमान खेलाडीमा पनि आर्मीकी विमला विक चुनिइन् ।