खगोल विज्ञानले ग्रहण लागेको बेला गर्न हुने – नहुने केही नरहेको बताउँछ । तर धार्मिक मान्यतासँगै ज्योतिष विज्ञानले भने सूर्य ग्रहणको बेला गर्न हुने र नहुने कार्यलाई वर्गीकरण गरेको छ ।


ADVERTISEMENT


उक्त मान्यता बमोजिम ग्रहण लागेको बेला दानपुण्य गर्ने, भिक्षा दिने, धार्मिक कार्य गरे राम्रो प्रतिफल पाउने हो । ज्योतिष ज्योतिष शिव पोखरेलका अनुसार ग्रहण लागेको समयमा  गंगा स्नान गर्ने, मन्त्र सिद्धि प्राप्त गर्ने, गुरु बनाउने जस्ता कार्यको प्रतिफल राम्रो हुन्छ ।


ADVERTISEMENT

# # #


धार्मिक मान्यता बमोजिम सूर्यलाई भगवानको रुपमा पूजिन्छ । सूर्यमाथि दोष लागेको बेला र भगवान नै पीडामा हुँदा मनोरञ्जनात्मक गतिविधि गर्दा श्रापित हुने र पाप कर्मको रुपमा गणना हुने बताईन्छ ।

ज्योतिषहरुले अन्य दिन जसरी नै सूर्य ग्रहणको बेला पनि सूर्यलाई नाङ्गो आँखाले हेर्न नहुने सुझाउँछन् ।

“ग्रहण लागेको बेला सूर्यको प्रकाश छेकेर आउने हो, अन्य दिन प्रत्यक्ष रुपमा पृथ्वीमा पर्दा विकीरणबाट हुने असर ग्रहण लागेको बेला छेकेर आउने हुँदा विकीरणको प्रकोप कम हुने हो, बढ्ने होइन ।”

ज्योतिषहरुका अनुसार १६ डी आइएन भन्दा कम लेन्स भएको काँचले सूर्यलाई हेर्न हुँदैन । त्यसैगरी, छायाँ पारेर वा सूर्य ग्रहण हेर्न प्रमाणित पोलिमरको चश्मा प्रयोग गर्नु उपयुक्त हुन्छ ।