सिन्धुली– बिपी राजमार्गको सडकखण्डअन्तर्गत २६ प्लस भन्ने स्थानमा रुख ढल्दा गए रातिदेखि सवारी आवागमनमा समस्या भएको छ । जनशक्ति लगाएर रुख पन्छाउन नसकिँदा समस्या भएको हो ।


ADVERTISEMENT


राति २ बजे सडकमा खनियाखर्क नजिक लडेको सल्लाको रुखले केही समय सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सडकको रुख पन्छाउन प्रहरी परिचालन गरिएको भए पनि पूर्णरुपमा पन्छाउन नसक्दा अहिले एकातर्फ मात्र राजमार्ग सुचारु गरिएको उनले जानकारी दिए । प्रहरी परिचालन गरेर रुखका हाँगा काटेर एकतर्फी मात्र सवारीसाधन छाडिएको उनको भनाइ छ । सानो राजमार्ग भएकाले एकतर्फबाट सवारी सञ्चालन गर्दा यात्रु र सवारीसाधनको लाम लाग्ने गरेको छ ।

सडकमा ढलेको रुखलाई पन्छाउन कमलामाई नगरपालिका र सुनकोसी गाउँपालिकाको शीतलपाटीमा रहेको डोजर माग गरिए पनि अहिलेसम्म उपलब्ध हुन नसकेको प्रहरीले जनाएको छ ।

वर्षात्को समयमा मरिण क्षेत्र र कमला नदी आसपासका क्षेत्र संवेदनशील भएकाले सावधानी अपनाउन पनि प्रहरीले आग्रह गरेको छ । बाढी पहिरोका कारण समस्या उत्पन्न भएमा तत्काल प्रहरीलाई १०० मा खबर गर्न पनि प्रहरीले आग्रह गरेको छ ।