पर्सा – वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नेपाली नगद ४ लाख रुपैयाँ सहित ३ जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


प्रहरीले बिहीबार दिउँसो भारत पूर्वी चम्पारण रक्सौल–१० बस्ने ४४ वर्षीय सुशिल कुमार शर्मा, सोही ठाउँ बस्ने सरोजनी कुमारी र वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित आकृति. कस्मेटिक पसलका संचालक ५४ वर्षीय राज कुमार अग्रवाललाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतबाट वीरगंजतर्फ आउँदै गरेको ना.२९ प ८५९५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार सुशिल र सरोजनीलाई उक्त रकम सहित फेला पारेको हो । प्रहरीका अनुसार सोधपुछ गर्दा उनीहरुले हुण्डी कारोवारका लागि उक्त रकम राज कुमारलाई दिनका लागि ल्याएको बताएपछि राज कुमारलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।