काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश ३ को नाम बाग्मती र प्रदेश राजधानी हेटौँडा राख्न सुझाव दिएको छ ।


ADVERTISEMENT


आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


प्रदेश ३ मा नेकपाको बहुमत रहेकाले केन्द्रीय निर्णयअनुसार अब प्रदेश नम्बर ३ ले प्रक्रिया अघि बढाउने छ । प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको छैन ।