काठमाडौँ – प्रहरीले काठमाडौंको प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थीलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँको प्रदर्शनीमार्गमा भइरहेको कार्यक्रममा हस्तक्षेप गरी १५ जना विद्यार्थीलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


अखिल क्रान्तिकारीले प्रदर्शनीमार्गमा गरेको कार्यक्रम नाराबाजी र प्रदर्शन गरेपछि प्रहरीले पक्राउ गरेको काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताए ।


ADVERTISEMENT

# # #


विप्लव कार्यकर्ताले सीमा रक्षा हुनुपर्नेलगायत नारा लगाउँदै प्रदर्शन गरेका थिए।